हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउन श्रम संस्कृतिमा आएको हुँ:

होमल्याण्ड खबर

२०८३ जेष्ठ १७ गते, आईतवार १३:११ मा प्रकाशित

सुदन किराँतीले आफू पदको लोभी नभएको स्पष्ट पारेका छन्। धरानका मेयर हर्क साम्पाङको श्रम अभियानमा ऐक्यबद्धता जनाउन पुगेका नेता किराँतीले मिडियासँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्।

उनले भने, “मैले मुख्यमन्त्रीको भन्दा ठूलो पद (सङ्घीय मन्त्री) पहिले नै खाइसकेको छु। म यहाँ कुनै पदको लोभले आएको होइन।”

किराँतीले धरानको श्रम संस्कृतिको प्रशंसा गर्दै मेयर हर्क साम्पाङलाई देशको प्रधानमन्त्री बनाउन आफू यो अभियानमा जोडिएको बताए। देश विकासका लागि श्रम संस्कृति अनिवार्य रहेको र साम्पाङको नेतृत्वले देशभर सकारात्मक सन्देश दिएको उनको भनाइ थियो। पार्टी राजनीतिभन्दा माथि उठेर देश निर्माणका लागि श्रममा जोडिनुपर्ने धारणा उनले व्यक्त गरे।