३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउँदै सम्बोधन स्थगित भएपछि प्रधानमन्त्री ओलीले आइतबार दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संयोजक अधिकारीले जानकारी दिए ।
संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रम छ ।
यस्तै, प्रधानमन्त्री ओलीले आइतबारको सम्बोधनमा वाइडबडी भ्रष्टाचारसहितका विषयमा बोल्ने सम्भावना छ ।