राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

होमल्याण्ड खबर

२०८३ जेष्ठ २२ गते, शुक्रबार १०:४९ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बैठक बस्ने भनिएको थियो । तर, स्थगित भएको छ ।

आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो ।

साथै उपसमिति गठन गर्ने तयारी थियो । समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारवाही अध्ययन एवम् निगरानी उपसमिति गठन गर्न लागेको छ ।

साथै, समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने तयारी समितिको छ ।