२६ जेष्ठ २०८३, मंगलवार
गृहमन्त्रीमा सुधन गुरुङ पुनः फर्किने भएका छन् ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएपछि राजीनामा दिएका गुरुङ सफाइ पाएलगत्तै पुनः सोही पदमा फर्कन लागेका हुन् ।


आजै उनको सपथग्रहण हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ ।