२६ जेष्ठ २०८३, मंगलवार
न्यायको माग गर्दै जेन्जी आन्दोलनमा पक्राउ परेकाहरूका अभिभावक रास्वपा कार्यालय पुगेका छन् ।
आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूलाई न्याय दिलाउन पहल गर्न माग गर्दै उनीहरू रास्वपा केन्द्रीय कार्यालय पुगेका हुन् ।


तर, कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई बाहिरै रोकेको थियो ।
अभिभावकहरूले जेनजी आन्दोलनकै समर्थनबाट सत्तामा पुगेको रास्वपाले आफ्ना सन्तानका लागि न्याय सुनिश्चित गर्न पहल गर्नुपर्ने बताएका छन् ।
पक्राउ परेका अमिर गुरुङ, निकेश विक, युनिक श्रेष्ठ, मिलन खत्री, विनोद कार्की, मिलन तामाङ र अभिषेक बस्नेतलगायतका अभिभावकहरू कार्यालय पुगेका थिए ।
तर, कार्यालयमा सभापति रवि लामिछाने फेला परेनन् भने अन्य नेताहरूसँग वार्ता गर्न चाहेनन् ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थली रहेको छ ।