संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दै नबसी सरेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टासँ गरेर आजै दिउँसो २ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्रीको अभिव्यक्तिका कारण विपक्षीले सदन अवरोध गर्दै आएका छन् । सोही विषयमा सत्तापक्ष र प्रतिपक्षी छलफलमा जुटेका छन् । छलफल जारी रहेकाले बैठकको समय सारिएको हो ।