२९ जेष्ठ २०८३, शुक्रबार
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ?’ उनले प्रश्न गरेका छन् ।
यही बेला सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताएका हुन् ।


‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने ।
सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै जानकारी पनि मागेका छन् ।