२५ श्रावण २०८३, सोमबार
बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविर्धि स्वीकृत गरेको छ।
आइतबारको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए।


बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकि पदस्थापना गर्ने निर्णय समेत गरेको छ।