मधेस सरकारको बजेट–४१ अर्ब १३ करोड ८६ लाख (पूर्णपाठ)

होमल्याण्ड खबर

२०८३ असार १ गते, सोमबार १५:४८ मा प्रकाशित

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ । सोमबार मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराइले सो बजेट मधेस प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार (३५.६४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार (६४.३६ प्रतिशत) बजेट छुट्याइएको छ । पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको छ ।

सरकारले बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, संघीय वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख रुपैयाँ जुटाउने अनुमान बजेट वक्तव्यमा उल्लेख गरेका छन् । अपुग एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने सरकारको तयारी छ ।