गाउँकै एक नेतासँग भेटिएकी वडा सदस्य मनिषा मृत फेला

होमल्याण्ड खबर

२०८३ असार २ गते, मंगलवार १६:४० मा प्रकाशित

सामाजिक सञ्जालमा रङ्गेहात भेटिएको भन्दै एउटा भिडियो सार्वजनिक भएपछि बेपत्ता भएकी अछामकी ३५ वर्षीया मनिषा देवी साउँद जंगलमा मृ’त फेला परेकी छन्।

अछामको ढकारी गाउँपालिका–४ बलाताकी साउँद जंगलमा झु न्डिएको अव स्थामा फे’ला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबार बिहान करिब ११ बजेदेखि घरबाट स’म्पर्क’वि’हीन भएकी साउँदको श व आइतबार जं’गलमा फे ला परेको हो।

उनी ढकारी गाउँपालिका–४ की वडा सदस्य समेत हुन्। उनी बे’पत्ता भएपछि परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलियासहित खोजीका लागि निवेदन दिएका थिए। तर, मनिषा एकाएक झु न्डिएको अव स्थामा फे ला परेकी हुन्।

यसअघि सामाजिक सञ्जालमा साउँद र उनकै वडाका एक स्थानीय राजनीतिक नेतासँग सम्बन्धित भन्दै एउटा भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

भिडियोको सत्यता तथा घटनासँगको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। साथै, प्रारम्भिक रूपमा मृ’त्युको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम प्रतिवेदनपछि थप विवरण आउने प्रहरीले जनाएको छ।