राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ

होमल्याण्ड खबर

२०८३ असार ३ गते, बुधबार १३:५९ मा प्रकाशित

राहदानी छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।

अख्तियारनिकट स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनीको राहदानी छपाइसम्बन्धी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। उनीहरूविरुद्ध अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद थप भइसकेको छ।

राहदानी छपाइ तथा खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो। सोही अनुसन्धानका क्रममा क्रमशः थप व्यक्तिहरू पक्राउ परिरहेका छन्।

अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।