श्रम संस्कृति पार्टीका सांसदहरुले गरे वेल घेराउ

होमल्याण्ड खबर

२०८३ असार ३ गते, बुधबार १४:१० मा प्रकाशित

श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् ।

विनियोजन विधेयक–२०८३ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले सभाको मर्यादा उल्लंघन भएको भन्दै सांसदहरूलाई सचेत गराएका छन् ।