३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मललाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सुशासन कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र निर्मललाई न्याय दिएरै छाड्ने बताए ।
उनले भने, ‘अन्यायमा परेका वा अपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरी चेलीहरुलाई न्याय सडकमा पोखिने अमर्यादित एव अराजक भिडले दिने होइन सरकारले दिन्छ, त्यसको निम्ति मैले नेतृत्व गरिरहेको छु। ढुक्क रहे हुन्छ हामी त्यो प्रतिवद्धता पूरा गर्ने छौँ।’
अपराध नियन्त्रणमा प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता हात पारेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘केही घटनाहरु अपवादको रुपमा रहेका छन्।
त्यसलाई टुंगोमा पुराउन सरकार सक्रिय छ, अपवादलाई आमको रुपमा प्रचार गर्ने र सफलतालाई ओझेलमा पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने प्रयास देख्दा मलाई दुःख लागेको छ।’