संसद् बन्धक बनाएर महाधिवेशनमा हिँडे सांसदहरू

होमल्याण्ड खबर

२०८३ असार ५ गते, शुक्रबार १५:१९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा हुने भएकाले प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित गरिएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बैठक असार ११ गतेसम्म स्थगित भएको जानकारी दिएका हुन् ।

महाधिवेशनमा रास्वपाका सांसदहरू सहभागी हुने भएकाले बैठक स्थगन गरिएको बताइएको छ ।

राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन ।