८ असार २०८३, सोमबार
सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले रक्तचाप बढेर १७०/१२० पुगेको थियो । उपचारका क्रममा उनी बेहोस भएको र पाँचपटकसम्म झड्का आएको उनले बताए ।


डा तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए ।