१३ असार २०८३, शनिबार
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै एकताको तयारी भएको बताएका छन् ।
विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासमेतसँग कुरा भइरहेको बताए ।


महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने । अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए ।
एमालेभित्र नेतृत्व परिवर्तनको आवाज बलियो बन्दै गएको वर्तमान अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई अघि सारेर प्रचण्ड र माधव नेपालसँग एकताको प्रयास गरिरहेका छन् ।