३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झूटो तथ्यांक प्रस्तुत गरेको आजको नयाँ पत्रिका दैनिकमा छापेको छ ।
खासगरी मूल्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटक आगमन, यातायात सिन्डिकेट हटेको प्रधानमन्त्रीको दाबी छ । यस्तै कतिपयलाई तोडमोड समेत गरेका छन् ।
सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याङ्कसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका हुन् ।