कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

होमल्याण्ड खबर

२०८३ असार १५ गते, सोमबार १२:३६ मा प्रकाशित

 काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कलंकी पुलनजिक सडकमा बा. ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साह रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।