९ मंसिर २०८१, आईतवार
सरकारले पूर्व डीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध कीर्ते मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेको हो । सरकारले कीर्ते मुद्दा दायर गदै छ भन्ने थाहा पाएर नव निवाचित सासंद अहिले फरार भएका छन ।
यसअघि सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएको थियो। मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई जानकारी दियो। सांसद निर्वाचित भए पनि सपथ नखाएकाले सिलवाललाई पक्रन सभामुखको स्वीकृति अावश्यक पर्दैन। सिलवाल पक्राउ परेपछि थुनामा राखेर अनुसन्धान थालिने स्रोतको भनाइ छ।
यसअघि नै प्रहरीले सिलवालमाथि किर्ते गरेको भन्दै अनुसन्धान गरेको थियो। प्रहरी अनुसन्धानले सिलवालले किर्ते गरेको निष्कर्ष निकालेको थियो। त्यतिबेला नै प्रहरीले पक्राउ गरेका सिलवाललाई सर्वोच्च अदालतले तत्काल छोड्न आदेश दिएपछि उनी रिहा भएका थिए।