१८ असार २०८३, बिहीबार
‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।


संशोधनहरु माथि भएको छलफलका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए ।
एउटै स्रोतबाट सिर्जना भएको विषयमा फरक–फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानुनमा आवश्यक सुधार गर्न खोजिएको उनले बताए ।