सरकारले गोविन्दबहादुर कार्कीलाई बनायो मुख्यसचिव

होमल्याण्ड खबर

२०८३ असार २४ गते, बुधबार १६:५४ मा प्रकाशित

सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको छ ।  मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण शुक्रबार अवकासमा जान लागेसँगै सरकारले नयाँ मुख्यसचिव नियुक्ति गरेको छ ।

सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले अर्याललाई गत मंसिर ८ मा मुख्यसचिव नियुक्त गरेको थियो ।