२६ असार २०८३, शुक्रबार
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले काठमाडौं महानगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


बिहीबार नगर प्रहरीले नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि विवाद भएको र त्यसलगत्तै उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको आफन्तको दाबी छ ।
प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।