कांग्रेस नेता मोहन बस्नेतद्वारा तत्कालै १ लाख सहयोग र छोरीलाई ब्याचलरसम्म पढाउने घोषणा!

होमल्याण्ड खबर

२०८३ असार २८ गते, आईतवार १५:४० मा प्रकाशित

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

आइतबार स्वर्गीय गणेशकी आमालाई भेटेर पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले एक लाख नगद उपलब्ध गराएका हुन् ।

बस्नेतले गणेशकी छोरीलाई स्नातकसम्म पढाउने जिम्मा समेत लिएका छन् । साथै परिवारका सदस्यहरुलाई आर्थिकदेखि अन्य सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

मुगुका गणेश काठमाडौंमा श्रीमती र छोरीसँगै बस्दै आएका थिए । पठाओ चलाउने गणेशको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्वील लक गरेर जरिवाना कारबाही गरेपछि उनले बिहीबार आत्मदाह गरेका थिए । उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो ।

सरकारले गणेशको परिवारसँग सहमतिको प्रयास गरिरहेको छ । त्यसो त यसअघि संसद भवन अघि आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई समेत नेता बस्नेतले आर्थिक सहयोग, श्रीमतीलाई जागिरको व्यवस्थापन गरेका थिए ।