३० असार २०८३, मंगलवार
नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभामा सरकारको कामकारबाहीको आलोचना गर्दा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।
‘हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौँ। गुण र दोषका आधारमा सरकारका कामको समीक्षा गर्छौँ र आवश्यक सुझाव पनि दिन्छौँ। तर सदनमा सरकारको आलोचना गरेको केही मानिसलाई मन नपर्ने रहेछ,’ उनले भने।


महरका अनुसार आफूलाई ‘गोली हानिदिन्छु’, ‘मारिदिन्छु’ भन्ने प्रकृतिका धम्कीपूर्ण सन्देश लगातार आइरहेका छन्। मंगलबार पनि मोबाइलमा यस्तै सन्देश प्राप्त भएको भन्दै उनले सदनमै ती सन्देश पढेर सुनाएका थिए।
उनले पराजुली राम र पूर्णविक्रम क्षेत्री नामबाट आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गर्दै घटनाप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।