कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

होमल्याण्ड खबर

२०८३ असार ३१ गते, बुधबार १०:१८ मा प्रकाशित

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।

बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले एकसाथ राजीनामा बुझाएका हुन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि कांग्रेसका सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाउने निर्णय गरेका हुन् ।

राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।