६ श्रावण २०८३, बुधबार
दोलखाको गौरीशंकर गाउँपालिका–९ मा आज (बुधबार) बिहान करिब २:३० बजे गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण जलविद्युत् आयोजनाका कर्मचारी बस्ने घर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।


बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।