७ श्रावण २०८३, बिहीबार
पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने निर्णयले न्याय प्राप्ति हुन नसक्ने भन्दै दश वर्षे द्वन्द्वकालका पीडितहरू विरोधमा उत्रिएका छन् ।
पीडितले विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन हुनुपर्ने माग राखेर बिहीबार (आज) काठमाडौंको माइतीघरमा ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएका छन् ।

