१४ दिनपछि बस्दै प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

होमल्याण्ड खबर

२०८३ श्रावण १४ गते, बिहीबार १०:२३ मा प्रकाशित

 संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक १४ दिनपछि बस्न लागेको हो । यसअघि प्रतिनिधिसभाको पछिल्लो बैठक असार ३१ गते बसेको थियो ।