१४ श्रावण २०८३, बिहीबार
नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले सुनसरी घटना राज्यको असफलता भएको टिप्पणी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।


काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने हो भने सुनसरीमा गोली चल्दा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने र थुनामा बस्नुपर्छ कि पर्दैन ? उनको प्रश्न थियो ।