‘निम्स दाइ’को जन्मथलो अन्नपूर्णमा सोमबार शोक बिदा

होमल्याण्ड खबर

२०८३ श्रावण १७ गते, आईतवार १२:०४ मा प्रकाशित

पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदा घोषणा गरेको छ ।

अन्नपूर्ण गाउँपालिका पुर्जाको जन्मथलो हो । उनी अन्नपूर्ण गाउँपालिका-२ दाना निवासी हुन् । दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मानस्वरूप सोमबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।