ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प– १ ल्याइँदै

होमल्याण्ड खबर

२०८३ श्रावण १७ गते, आईतवार १५:३२ मा प्रकाशित

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प– १ सम्म ल्याइने भएको छ। उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको छ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याइनेछ।

ग्राउण्ट टिमका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सार्न सकिनेछ ।

दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने टोलीले जनाएको छ ।

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी ६ नेपालीसहित १० जनाको आरोहीको मृत्यु भएको थियो