३० कार्तिक २०८१, शुक्रबार
सर्वोच्च अदालतले सांसद रेशमलाल चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले सोमबार जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको आदेश सदर गर्दै चौधरीलाई थुनामै राख्न आदेश दिएको हो ।
जिल्ला अदालत कैलालीले १४ फागुन ०७४ मा चौधरीले टीकापुर घटनामा कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
२२ चैत ०७४ मा उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेको थियो । त्यसका विरुद्ध चौधरीले सर्वोच्चमा निवेदन दिएका थिए ।