२० श्रावण २०८३, बुधबार
आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ । सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे खसेको पहिरो हटाइएको हो । पहिरो हटेसँगै सडक दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।
निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

