मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा दिने घोषणा

होमल्याण्ड खबर

२०८३ श्रावण २९ गते, शुक्रबार ११:१६ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनेघोषणा गर्नुभएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँलेप्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने बताउनुभएको हो ।आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाईदिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो ।

समर्थन फिर्ता लिएको ३०औँ दिनमा शाहले राजीनामा घोषणा गर्नुभएको हो ।प्रदेशसभामा सम्बोधन गर्दै शाहले बजेट निर्माणको विषयलाई लिएर आफूविरुद्धराजनीतिक तथा व्यक्तिगत आरोप लगाइएको बताउनुभयो । सरकारको साझेदार भएर बजेटनिर्माणका हरेक चरणमा सहभागी भएको एमालेले पछि आफ्नै सहभागितामा बनेको बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव ल्याएर अस्थिरता निम्त्याएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो– ।।।आफैंले ल्याएको बजेटमा संशोधन प्रस्ताव ल्याउनु भनेकोसुदूरपश्चिमका विकास माथिको प्रहार हो । प्रदेशलाई अस्थिरतातर्फ धकेल्ने खेल थियो ।’बजेटको विषयमा विवाद बढेपछि सुदूरपश्चिम प्रदेश नयाँ आर्थिक वर्ष सुरु हुँदासमेतबजेटविहीन अवस्थामा पुगेको थियो ।

प्रदेश सरकारले राजस्व संकलन गर्न पाए पनि बजेट पारितनहुँदा खर्च गर्ने कानुनी आधार नहुँदा विकास निर्माणदेखि नियमित कार्यक्रमसमेत प्रभावितभएका थिए ।अब मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्ने भएको छ । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार नेकपा र नेकपा एमालेबीच प्रदेश सरकार गठनका लागि सहकार्य भएको छ ।

सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेसहमति भएको बताइएको छ ।शाहले राजीनामा दिएसँगै प्रदेशको लामो समयदेखिको राजनीतिक अन्योल अन्त्य हुने
अपेक्षा गरिएको छ । तर नयाँ सरकार गठनसँगै बजेट शून्यता अन्त्य गरी प्रदेशसभाबाट नयाँ बजेट पारित गराउन भने नयाँ सरकारका लागि प्रमुख चुनौती बन्ने विश्लेशकहरुको बुझाइ छ।