प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, देशभरका विपद्‌बारे छलफल

होमल्याण्ड खबर

२०८३ श्रावण २९ गते, शुक्रबार १४:५९ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता भएको हो । भेटमा देशभरको बाढीपहिरोसहितको विपद्को विषयमा छलफल भएकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

छलफल झन्डै ४० मिनेट भएको थियो । प्रधानमन्त्रीसँगको छलफल सकेर प्रधानसेनापति बाहिरिएका छन् ।

रोल्पाको पहिरो र विपत्तिबारे यसअघि सांसद तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए ।