९ मंसिर २०८१, आईतवार
इंगलिश फुटबल क्लब लिभरपुलका इजिप्सियन खेलाडी मोहम्मद सलाहले अफ्रिकन वर्ष खेलाडीको उपाधि जितेका छन् । भरपर्दा स्ट्राइकर सलाहले लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् ।
उनले लिभरपुलकै क्लबका सादियो माने र इंगलिश क्लब आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पार्दै उपाधि जितेका हुन् ।
सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड पाएका हुन् ।
सेनेगलमा मंगलबार राति आयोजना भएको विशेष समारोहमा सलाहले अवार्ड पाएका हुन् ।
सलाहले २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । यस्तै रसिया विश्वकपमा देशले खराब प्रदर्शन गरे पनि उनले दुई गोल गरेका थिए ।