सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

होमल्याण्ड खबर

२०८३ भाद्र ७ गते, आईतवार १३:२८ मा प्रकाशित

सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन मृत फेला परेकी प्रहरीले जनाएको छ ।

खुशी आज बिहानदेखि हराएकी थिइन् । बालिका हराएको जानकारी पाएलगत्तै परिवारका सदस्य प्रहरीमा पुगेका थिए ।

परिवारका अनुसार बिहानसम्म घरैमा खेरहेकी उनी हराएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो ।

प्रहरीले बालिकाको मृत्युको कारणबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।