टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

होमल्याण्ड खबर

२०८३ भाद्र १० गते, बुधबार ११:२१ मा प्रकाशित

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि  कार्यक्षेत्र (ड्यिुटी)मा खटिइएको प्रहरी टोली सम्पर्क विहीन बनेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्यिूटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।