१५ भाद्र २०८३, सोमबार
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ।
चीनको वायुसेनाका दुईवटा वाई–२० (वाई-२०) ठूलो क्षमताका सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को अवतरण गरेका छन्।


आइतबार बिहान करिब ७ बजे काठमाडौँ आइपुगेका ती दुई विमानमा गरी १३ हजार २०० थान अत्यावश्यक राहत सामग्री रहेको जनाइएको छ।
चीनले बाढी तथा विपद् प्रभावितका लागि पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत राहत सामग्री पठाएको हो।