१५ भाद्र २०८३, सोमबार
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार दिउँसो १ बजेसम्म बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो ।


प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।
बाढीमा दुई हजार ५०२ जना सम्पर्कविहीन भएका छन्।