१८ भाद्र २०८३, बिहीबार
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् ।
विपद्को यो कठिन घडीमा सरकार पछि नहट्ने स्पष्ट पार्दै उनले प्राकृतिक प्रकोपविरुद्ध जुध्नुको विकल्प नभएको उल्लेख गरे । प्रधानमन्त्री शाहले थपे, ‘यो विपदमा लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ ।’


प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरू तीव्र पारिएको र पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको जानकारी समेत दिए । उनले विपद्को समयमा सबै राजनीतिक दल र नागरिकहरूलाई एकजुट भएर सामना गर्न आग्रह गरे ।