१८ भाद्र २०८३, बिहीबार
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।
बाढीको कारण सडक सम्पर्क नहुँदा उपकरण पुर्याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहदा कठिन भएको उनले बताएका छन् ।


त्यस्तै, बालबालिका, महिला तथा वृद्धवृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनुपर्ने; बालबालिकालाई काठमाडौं ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए ।
उनले नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरेर सुरक्षित स्थानमा मात्र सडक र पूर्वाधार बनाउनुपर्ने, क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनाहरूलाई सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव दिइएको उहाले जानकारी दिए ।
उनले मुलुक संकटमा परेको बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको उल्लेख गरे । सो क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्दार, राहत र पुनस्र्थापनामा सरकार गम्भीर भएर लागेको बताएका थिए ।