गगन–शेखर भेट, कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति

होमल्याण्ड खबर

२०८३ भाद्र २१ गते, आईतवार १५:०१ मा प्रकाशित

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच आइतबार भएको भेट पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।

भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिएका थिए ।

उनले आफू पार्टी एकताका लागि आवश्यक त्याग गर्न तयार रहेको बताएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

भेटमा गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भइरहेको खोजबिन, उद्धार, राहत तथा भविष्यमा गरिनुपर्ने पुनःस्थापनाको कामबारे कुराकानी भएको दुवै नेताका सचिवालयले जनाएका छन् ।