१४ आश्विन २०८३, बुधबार
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनप्रति विश्व समुदायले उच्च चासो देखाएको बताएका छन्।
खनालले प्रधानमन्त्री शाहले विश्व मञ्चमा उठाएका विषयप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाएको बताए। साथै, भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको उनको भनाइ छ।

