६ कार्तिक २०८३, बिहीबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आइतबार सूचना जारी गर्दै सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना बिहान १२ बजेदेखि सुरु हुने जानकारी दिएका छन् ।


त्यस्तै, सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना मध्यान्ह १२ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा सुरु हुने सूचनामा उल्लेख छ ।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले मतगणनाका लागि दुई जना प्रतिनिधि राख्न पाउनेछन् । तर, केन्द्रीय सदस्य पदका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्न नपाउने व्यवस्था गरिएको छ ।