३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल तरुण दलले सरकारका विरुद्धमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरको छ ।
शुक्रबार काठमाडौंमा बसेको तरुण दल केन्द्रीय कार्य समितिको बैठकले माघ ८ गते देखि देशभर आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठक पछि पत्रकारहरुलाई जानकारी दिदैं महासचिव भुपेन्द्र जंग शाहिले कम्युनिस्ट सरकारको अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङि, मुल्यबृद्धी, वाइडबडी, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन कार्यक्रम गर्न लागिएको बताए ।
सातै प्रदेशको राजधानीमा हुने उक्त बिरोध प्रदर्शनमा तरुण दलका केन्द्रीय नेताहरुको सहभागिता हुने र कार्यक्रम अन्तर्गत बिरोध र्याली र बिरोध सभा गर्ने निर्णय भएको समेत उनले जानकारी दिए ।
कार्यक्रमहरु
माघ ८ गते प्रदेश एकको बिराटनगर
माघ ९ गते प्रदेस दुईको जनकपुर
माघ १० गते प्रदेस तीनको हेटौंडा,
माघ ११ गण्डकी प्रदेशको पोखरा
माघ १२ गते प्रदेस पाँचको भैरहवा
माघ १३ कर्णाली प्रदेशको सुर्खेत
माघ १४ सदुरपश्चिम प्रदेशको धनगढी