डा. केसीकै आग्रहमा उनलाई वार्डमा सारियो

होमल्याण्ड खबर

२०७५ माघ ६ गते, आईतवार १६:५० मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालका अनसनरत डा. गोविन्द केसीलाई उनकै आग्रहमा आईतबार वार्डमा सारिएको छ । डा. केसीले सर्वसाधारणलाई समस्या हुने भन्दै चिकित्सकहरुलाई वार्डमा सारिदिन आग्रह गरेका थिए ।

लामो समयदेखि आफू आईसियूमा बस्दा आईसियूमा बस्ने सर्वसाधारण विरामीलाई समस्या हुने भन्दै डा. केसीले वार्डमा सारिदिन आग्रह गरेको चिकित्सकहरुले जनाएका छन् ।
आफूले विभिन्न समयमा अनसन बस्दा भएका सहमति कार्यान्वयन नभएको र विशेष गरी यही सरकारसँग सरकारले साउनमा आफ्नो १५ औं अनसनको समयमा गरेको सहमति कार्यान्वयन नभएपछि उनी १२ दिनदेखि १६ औं अनसनमा छन् ।

सुरुवाती समयमा इलामबाट अनसन बसेका केसीलाई दुई दिन अघि हेलिकोप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो ।