स्वीट्जरल्यान्डमा जारी विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७५ माघ ८ गते, मंगलवार ०८:४४ मा प्रकाशित

स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले मञ्चको ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार साँझ पौने ७ बजे सुरु हुने सत्रलाई सम्बोधन गर्ने जनाइएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले बुधबार ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कुटनीतिक क्षेत्रका तीन हजार भन्दा धेरै सहभागी मञ्चको बैठकको सोमबार डाभोसमा उद्घाटन भएको हो ।

बैठकमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।