आठौँ राष्ट्रिय खेलकूदका लागि २४ तेक्वान्दो खेलाडी छनोट

होमल्याण्ड खबर

२०७५ माघ ९ गते, बुधबार ०९:४५ मा प्रकाशित

आठौँ राष्ट्रिय खेलकूदका लागि तेक्वान्दो खेलका २४ खेलाडी छनोट गरिएको छ।

इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडामा जिल्ला खेलकूद विकास समिति र जिल्ला तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा खेलाडी छनोट गरिएको हो।

छनोट भएका खेलाडीमा ज्ञान गड्तौला, विनोद मुखिया, मिलकुमार सेर्मा, लोकेन्द्र तामाङ, दावा लामा, अविनास गुरुङ, सन्तोष राई, करिना प्रधान, सान्ता खवास, झुमा प्रधान, छुनु राई र कुशुम मगर रहेको तेक्वान्दो सहायक प्रशिक्षक कुमारी राईले जानकारी दिए।

यसैगरी पुम्से विधातर्फ प्रश्ना राई, प्रज्ञा राई, खुस्बु सुब्बा, गौरव सिवा, गणेश सिवा र सन्देश गड्तौला छनोट भएका छन्।

छनोट हुनेमा ५४ किलोदेखि ७८ किलो तौल माथिका पुरुष खेलाडी तथा ४६ किलोदेखि ८४ किलो तौल माथिका महिला खेलाडी रहेका छन्। छनोट प्रतियोगितामा जिल्लाका १२० तेक्वान्दो खेलाडी सहभागी थिए।