३० कार्तिक २०८१, शुक्रबार
विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धानदाता तथा नागरिक समाजका अगुवाको सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक रूपमा स्थिर सरकार रहेको र विकासको गतिमा द्रूत रुपमा अघि बढिरहेको दाबी गर्दै नेपाल विकासका लागि पर्खनसक्ने अवस्थामा नरहेको बताए ।
अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई लगानी गर्न आव्हान गरेका उनले रेल र जहाजको समेत चर्चा गर्न भ्याएका थिए । भारत र चीनलाई जोड्न रेल र जलमार्गको सञ्चालन प्रयास भैरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य साकार पार्न सरकार लागि परेको बताए।
नेपालको द्वन्द्वपछिको अवस्थामा शान्ति प्रक्रिया हुँदै संविधान निर्माण गरी कसरी मुलुक परिवर्तन र समृद्धिको बाटोमा अघि बढिरहेको भन्दै उनले वार्ताबाट द्वन्द्व समाधान गरेको र नेपालमा संविधान जारीपछि कानूनी संरचना निर्माण गरेर दुई छिमेकी देश चीन तथा भारतलगायत सार्क राष्ट्रसँग मजबुत सम्बन्ध निर्माण गरी लक्ष्य प्राप्तिका लागि अघि बढेको बताए ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा, पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत स्वीटजरल्याण्डको डाभोस पुगेका छन् ।